२०७९ जेष्ठ १४, शनिबार
सम्पूर्ण ईन्कार्छु म
१. आयातीत अभावबोध छ यहाँ स्वाभाविकै के हुने?
जात्रा चल्छ विचित्रपूर्ण छल छन् आनन्द केले दिने??
बिर्सी मूल्य सनातनी लवजको डंका पिटे चोरले
भ्रष्टाचार जताततै छ जनता जाग्ला र खै होशले!
२.बाँच्यो राष्ट्र कसो गरी हृदयमा को राख्छ सद्चिन्तन?
आस्थापूर्ण विचार राख्छ कसले? अध्यात्म खै मन्मन!
मायाधीश रमाउने किसिमको गर्थ्येोँ जहाँ साधना
ऐले केवल देहबोध छ र पो मैलो भयो यो मन!!
३. वन्दे राष्ट्र भुलेर स्वार्थवशमा चित्कार गर्छेोँ हकि
वन्दे विश्वसमेत प्रार्थन हुने बिर्स्येोँ हरे! जिन्दगी!!
हिंसामुक्त विवेकयुक्त पथमा उत्साहिला थ्येोँ जति
दुर्भावी प्रतिशोधतर्फ दिल छन् सप्रन्छ केले मति?
४. आत्मातुल्य समस्त जीव शिवकै हुन् अंश ठान्थ्येोँ अघि
आफू भिन्न पराइ हुन् सब जना ठान्ने भयेोँ भो खति !
मेरो वर्ग अरे लडाइँ नगरे साम्राज्य मिल्दैन रे
मान्छे मार्न नि लाज छैन मनको सद्भाव नास्ने अरे!
५. सत्तामात्र अभिष्ट भो सहृदयी बन्ने कुरो बिर्सियो
सेवानिम्ति समस्त जीवन दिने आदर्श खै के भयो?
खै बन्धुत्व कता गयो मनुजता लाग्यो कता खोज्छु म
छातीभित्र अदम्य साहस झिकी आत्मीयता रोज्छु म।।
६. तोर्पे चिन्तन छोड्छु आत्मबलको आधारमा हिड्छु म
नेोलो सिर्जनशक्तिमा मन छ यो उत्साहिलो हुन्छु म।
पूर्खाको पुरुषार्थतर्फ छु खडा झन् होशिलो बन्छु म
आत्मादेखि छ भिन्न चिन्तन भने सम्पूर्ण ईन्कार्छु म।।
शार्दूलविक्रीडित छन्दमा
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह