२०७९ जेष्ठ १५, आईतबार
५ पुष,बर्दिया – बर्दियामा सेना र तस्करबीच गोली हानाहान भएको छ ।
गएराती बर्दिया राष्ट्रिय निकुञ्जको खयर भट्टीमा ५र६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका सेनाबीच गोली हानाहान भएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले सुरक्षाकर्मीलाई देख्न साथ तस्करहरुले गोली प्रहार गरेपछि सेनाले जवाफी फायर गरेको बताए । दुवैतर्फ फायर भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।
घटनामा संलग्न दुई जना सिकारी भने पक्राउ परेका छन् । उनीहरुको साथबाट निकुञ्जको गस्ती टोलीले तीन थान भरुवा बन्दुक,गोली,बन्दोबस्तीका सामान,जरायो र दुम्सीका मासु फेला परेको थापाले बताए ।
आइतबार अबेरसम्म संयुक्त सुरक्षाकर्मीले फरार रहेका सिकारीहरुलाई पक्राउ गर्न खोजी कार्य जारी राखेको निकुञ्जले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह