५ पुष,काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युबा नेता तथा पूर्व मन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओली ग्याङका एक सदस्य मात्र भएको बताएका छन् ।
आज आईतवार केपी ओली नेतृत्वको सरकारले संसद भंग गरेको विरोधमा नयाँ बानेश्वरमा आयोजित सभामा बोल्दै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओली ग्याङका एक सदस्य मात्र भएको बताएका हुन् । संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनले बताए । यति स्पष्टसँग लेख्दालेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।’
त्यस्तै थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको समेत बताए। त्यस्तै थापाले थापाले संसद् विघटन हुनुमा प्रधानमन्त्री जत्तिकै उनीहरु पनि जिम्मेवार रहेको आरोप लगाएका छन् । थापाले भने, ‘स्थायी समिति, सचिवालय नभनीकन संसदीय दलमा अविश्वासको प्रस्तावको पत्र लगेको भए यो अवस्था आउने थिएन। उहाँहरुकै हुती नभएका कारणले यो अवस्था आएको हो।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar