२०८१ भाद्र २२, शनिबार
४ पुष,काठमाडौं – मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पश्चिम तथा मध्य तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । यस्तै काठमाडौं उपत्यकामा पनि पातलो तुवालो लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाका तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यो शुक्रबारको तुलनामा केही बढी तापक्रम हो । शुक्रबार यो वर्षकै सबैभन्दा कम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज काठमाडौं उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar