२०७९ जेष्ठ १०, मंगलबार
४ पुष,गुल्मी – गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका प्रहरी निरीक्षक नारायणप्रसाद सेढाई र नेपाल प्रहरीका टोलीले उद्घार गरेका थिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह