• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

५ घण्टा अघि
२

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

५ घण्टा अघि
३

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

६ घण्टा अघि
४

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

६ घण्टा अघि
५

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

२ दिन अघि
६

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

२ दिन अघि
७

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

२ दिन अघि
८

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

२ दिन अघि
९

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

३ दिन अघि
१०

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

३ दिन अघि
११

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

३ दिन अघि
१२

गृह नपाए सरकारबाट बाहिरियला त रास्वपा ?

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ५ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    २ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ३ दिन अघि
  • सुगर मिल सञ्चालकविरुद्ध पक्राउ पुर्जी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २, बिहिबार (२ साल अघि)
  • ६३४ पाठक संख्या
  • ukhu kishan

    २ पुष,काठमाडौ – आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानी नदिएका चार वटा सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारी अनुसार चार वटा मिलका सञ्चालकविरुद्ध बुधबार बिहानै पक्राउ पुर्जी जारी गरेको हो ।  रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा, अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको हो ।

    प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ ।

    जिल्लाबाट पत्र आएपछि बुधबार दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको खोजीमा काठमाडौंमा प्रहरी जुटे पनि कतै फेला पार्न सकेन । मुलुकी अपराध संहिता २०७४ को दफा १४९ मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरू कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ’ भनिएको छ ।

    यस्तो ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै कागज गराएको रहेछ भने लिखत बमोजिम नै ठगी गर्नेले सोही बमोजिमको रकम तिर्नुपर्नेछ भने संहिताअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

    मंगलबार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही तथा सम्वन्धित मन्त्रालयका सचिव सम्मिलित बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र सुगर मिल रहेका जिल्लास्थित प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

    बैठकको निर्देशनपछि बुधबार दिउँसै गृहले उखु मिल रहेका जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयलाई मुलुकी अपराध संहिता–२०७४ को ठगी सम्बन्धी कसुरमा पक्राउ गरी कारबाही चलाउन परिपत्र गरेको थियो ।

    सोही परिपत्र पछि प्रहरीले चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गृह प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पुर्जी जारी गरिएका बाहेक अन्य केही सुगर मिलले पनि बक्यौता भुक्तानी गर्न बाकी रहेको तर त्यो रकम सानो अंकमा भएकोले सञ्चालकहरूले छिट्टै आवश्यक प्रक्रिया मिलाएर किसानको खातामा रकम पठाउने प्रतिबद्धता जनाएका छन् ।

    किसानलाई बक्यौता नदिने सुगर मिल सञ्चालकहरूले सरकारबाट प्रतिक्वीन्टल ६५ रुपैयाँका दरले अनुदान लिएको, भारत र चीनबाट चिनी आयात रोक्न लगाएर मूल्यवृद्धि गर्दै प्रति केजी ९३ रुपैयाँसम्म पु¥याएको, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नाममा अर्थ मन्त्रालय र राजनीतिक दबाबमा बैंकहरूबाट लगानी गर्न लगाएको तर फाइदा लिएर कतिपय उद्योग बन्द भएको र उल्टै किसानलाई ठगी गर्ने नियत देखिएकोले अब कुनैपनि हालतमा उनीहरूलाई उन्मुक्ति नदिने गरी कारबाही गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    यसअघि उखुको रकम भुक्तानी नगरेकै कसुरमा गृहको निर्देशनपछि प्रहरीले अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाललाई ०७५ कात्तिक १४ गते त्रिपुरेश्वरबाट पक्राउ गरेको थियो । पछि बक्यौता भुक्तानी गर्ने सहमतिपछि उनी छुटेका थिए ।

    ०७० देखि ०७६ को अवधिमा किसानबाट उखु लिए पनि लुम्बिनीले करिब साढे आठ करोड, इन्दिराले करिब पाँच करोड, अन्नपूर्णले करिब १७ करोड र श्रीरामले करिब २६ करोड रुपैयाँ रकम भुक्तानी दिएको छैन ।

    सुगर मिल सञ्चालकहरूले उखु खरिदबापतको रकम भुक्तानी नदिएपछि किसानहरू काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् । गतवर्ष पनि यसरी नै आन्दोलनमा उत्रिएपछि सरकार र उखु किसानबीच बक्यौताबापतको रकम ०७६ माघ ७ गतेभित्र ब्यापारीले भुक्तानी गरिसक्नुपर्ने सहितको पाँच बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    यसपटक भने किसानहरू रकम नआएसम्म वार्तामा पनि नबस्ने अडानमा रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

  • आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

  • राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन


  • समाचार
  • १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ५ घण्टा अघि

  • २

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ५ घण्टा अघि

  • ३

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ६ घण्टा अघि

  • ४

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ६ घण्टा अघि

  • ५

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    २ दिन अघि

  • ६

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    २ दिन अघि

  • ७

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    २ दिन अघि

  • ८

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    २ दिन अघि

  • ९

    आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
    ३ दिन अघि

  • १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution