२०७९ जेष्ठ १४, शनिबार
२९ मंसिर,काठमाडौं – पछिल्लो २४ घण्टामा देशभरिमा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आज देशभरिमा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज महिला ३१७ र पुरुष ५०४ जनासहित ८२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा आज ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ ।
मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ । त्यस्तै हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.९ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो समय परीक्षण दर घट्दै गएपछि संक्रमित पनि घट्दै गएको पाइएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह