२०७९ जेष्ठ १०, मंगलबार
तत्काल समस्या समाधान गर्न सरकारलाई अनुरोध
२८ मंसिर,काठमाडौं – उखु किसानहरुको आनदोलनप्रती विवेकशील साझा पार्टिले ऐक्यबद्धता जनाएको छ ।
आज आईतवार पार्टिले एक विज्ञप्ती जारी गर्दै उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको बताएको हो । त्यस्तै पार्टीले विज्ञप्तिमार्फत् उखु किसानहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध समेत गरेको छ ।
गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो। तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको पनि साझा पार्टीको भनाइ छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह