२०७९ श्रावण २९, आईतबार
२८ मंसिर,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबारका लागी बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभएपछि बैठक स्थगित भएको बताइएको छ । भोली सोमबार नेपाली काग्रेंसद्धारा देशभर विरोध प्रदर्शनको कार्यक्रम रहेको भन्दै देउवाले त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने बताएपछि बैठक स्थगित भएको हो ।
बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने तयारी थियो । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् ।
हाल उपसभामुखको स्थान समेत रिक्त छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar