२०८१ भाद्र २२, शनिबार
२७ मंसिर,धादिङ – तत्कालिन जनयुद्धको क्रममा बि.सं. २०६० सालमा माओवादिद्धारा हत्या गरिएका धादिङका सहिद खिन बहादुर थापा मार्ग सडकको उद्घाटन गरिएको छ ।
हिजो शुक्रवार सहिद खिन बहादुर थापाको १७ औं स्मृती दिवशको अवसर पारी बुङचुङ-आरुबास-भेडाबारी-मैदान (सहिद खिन बहादुर थापा मार्ग)को कालोपत्रे भागको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल र संघिय सांसद भुमि त्रिपाठीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारबाट प्राप्त १ करोड मार्फत् सिघलेक गाँउपालिका भवन सम्म पुग्ने मोटरबाटो पिच सम्पन्न भएसँगै उक्त सडकको उद्घाटन गरिएको हो ।
यद्धपी १७ किलोमिटरको उक्त सडकमा २ करोडको लागतमा अहिले ड्रेन निमार्ण र ग्राबेल गर्ने कार्य समेत भैरहेको छ । गत आर्थिक बर्षमा नै पिच गर्ने योजना रहेपनि कोभिड १९ को कारण प्रभावित बनेका कारण काम ढिलो सुरु भएको हो । सडकको स्तरोन्नती तथा बाह्रै महिना सवारी सन्चालन गर्ने कार्य अनुरुप पालिका भित्रका मुख्य तीन वटा सडकमा यसवर्ष ड्रेन तथा ग्राबेलका साथसाथै बजेटले भ्याएसम्म पिच गरिने लक्ष्य रहेको गाँउपालिकाले बताएको छ ।
तात्कालिन नेकपा एमालेका जिल्ला तहका नेता खिनबहादुर थापा मगरको जनयुद्धको क्रममा २०६० मंसिर २६ गते विद्रोही पक्ष (माओवादी) ले हत्या गरेका थिए । हिजो शुक्रवार १७ औं स्मृती दिवशको अवसर पारी खिनबहादुर थापा स्मृति प्रतिष्ठानले एक कार्यक्रम समेत गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar