२७ मंसिर,बुटवल – कपिलवस्तु प्रहरीले एक लाख मुल्य बराबरको चाँदीसहित २ जना पक्राउ गरेको छ ।
आज शनिवार बिहान पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा झण्डै एक लाख मुल्य बराबरको चाँदीसहित अर्घाखाँचीका १२ वर्षीय उमेर सुनार र २६ वर्षीय सुगम पुनलाई पक्राउ गरि नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर २ स्थित राजमागको लखनचोकमा चेकजाँच गर्ने क्रममा लु ५५ प ६१५९ नम्वरको स्कुटीमा चढेर आएका अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ का सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिकाका पुनलाई खानतलासी गर्दा उनीहरुको साथबाट ९६ हजार मूल्य बरबरको ७३ तोला चाँदी र ४८ पिस रातोपत्थर समेत बरामद गरिएको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar