२०८१ आश्विन २८, सोमबार
२७ मंसिर,काभ्रे – नेकपा नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको बताएका छन् ।
आज शनिवार बनेपा नगरपालिका–३ स्थित नेकपा जिल्ला नेता स्व. प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बास्कोटाले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेको समेत उनले दाबी समेत गरेका छन् । श्रद्धाञ्जलीसभामा उनले भने, ‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको खेताला खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेला परेका छन् । यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।’
आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभ र हानीमा पार्टी विभाजन गर्न नहुने समेत उनको तर्क थियो । पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद साम्य हुन सकिरहेको छैन ।
दोस्रो पुस्ताका नेताहरू पार्टी विवाद मिलाउन सक्रिय रूपमा लागेपनि दुई अध्यक्षबीच तिक्तता कायमै रहँदा पार्टी फुट्न सक्ने किसिमका आँकलन समेत भइरहेको छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar