२०८१ आश्विन २५, शुक्रबार
२७ मंसिर,काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले मान्छेले दारी खौरेको नक्कल गर्दा बाँदरले आफ्नै नाक काटेको भन्दै विप्लवमाथी कडा व्यङ्ग्य गरेका छन् ।
डा.भट्टराईले हिजो शुक्रबार साँझ एक ट्वीट गर्दै प्रतिबन्धीत् नेत्र बिक्रम चन्द समूहको आन्दोलनलाई नीति कथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको उदाहरण दिएर व्यङ्ग्य गरेका हुन् । त्यस्तै भट्टराईले यसका अलवा उनलेचन्द समूहलाई गलत नीति त्यागी वार्तामा आउन सुझाव समेत दिएका छन् । उनले व्यक्ति हत्यामा ‘विप्लव’ समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको भन्दै आरोप समेत लगाएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भइरहेको बेला भट्टराईले वार्ताको कुरा उठाएका हुन् । गत २३ मंसिरमा विप्लव नेतृत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो ।
भट्टराईले उक्त घटनबारे टिप्पणी गर्दै यसले राज्यलाई थप हिंसा मच्चाउन सहयोग पुग्ने भन्दै विप्लव समूहलाई सच्चिन आग्रह गरेका छन् । ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ,’ भट्टराईले लेखेका छन्, ‘चन्द समूहले गलत नीति त्यागोस् राज्यले सार्थक वार्ता गरोस् ।’ उनले भनेका छन् ।
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने भट्टराईको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar