• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • आज बालाचतुर्दशी पर्व : पशुपतिमा महादीपदान नगर्ने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २७, शनिबार (१ साल अघि)
  • ३७२ पाठक संख्या
  • pashupatinath photo

    २७ मंसिर,काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।

    पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन् । प्रत्येक मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिमा दीपदान गर्न जाने गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–६ का श्रीराम सापकोटा यसवर्ष नजिकैको शिवालयमा दीपदानको तयारी गरिएको बताउछन ।

    आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ ।

    शतबीज भनिए पनि हाल सप्तबीज ‘धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो’ छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ ।

    “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ” उनले भने ।

    वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्बदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंह मार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

    मातापिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने समितिका अध्यक्ष गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

  • काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

  • सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

  • नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution