२०८१ आश्विन २८, सोमबार
२५ मंसिर,पोखरा – कास्कीको पोखरामा कोरोना संक्रमणवाट थप ४ जनाको मृत्यु भएको छ ।
हिजो बुधबार र आज बिहीबार गरी कोरोना संक्रमणवाट उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका(१० का ८१ वर्षीय पुरुषको आज बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका(८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि आज बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै अन्य दुईजनाको भने हिजो बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका(१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडानम्बर ७ का ६५ वर्षीय पुरुषको पनि हिजो साँझ ७ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना मात्र संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar