२३ मंसिर,काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किनथालेपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको थियो ।
गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए । सर्वदलीय बैठकमा मुलतः यही विषयमा छलफल हुने बुझिएको छ ।
गत नेकपाको स्थायी समिति बैठकमा समेत नेता जनार्दन शर्माले यसबारे छलफलका लागि ‘विशेष प्रस्ताव’ नै पेश गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar