शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २१, आईतबार (४ साल अघि)
७१८ पाठक संख्या
२१ मंसिर,काठमाडौं – रुपन्देहीको बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
आज आइतबार बिहान रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
अस्पतालका अनुसार उनीमा गत मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।