२०७९ श्रावण २९, आईतबार
१८ मंसिर,गोरखा – बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाद्धारा पुनर्बास कार्यालयमा आज दोश्रो दिनपनि धर्ना जारी राखेका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाद्धारा पुनर्बास कार्यालयमा हिजो बुधवारदेखी धर्ना सुरु गरेका छन् । डुबान क्षेत्रका जग्गाको उचित मुआब्जा नपाएको, तोकिएका मुआब्जा लिनपनि झमेला व्यहोर्नुपरेको, घर, गोठ संरचना र बोटबिरुवाको मुआब्जा नपाएको तथा आयोजना बनेपछि बस्ने ठाउँको समेत टुंगो नलागेको लगाएतका माग राख्दै प्रभावित क्षेत्रका बासिन्दाले बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुन्स्थापना इकाई कार्यालयबाहिर धर्ना दिन सुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार हिजो बुधबारदेखि थालिएको धर्ना आगामी मंसिर २४ गतेसम्म जारी रहने छ । कोरोना भाइरसको महामारीका कारण धर्नामा २५ जनाभन्दा बढी सहभागी भएका छैनन् भने आवश्यक स्वास्थ्य सावधानी समेत अपनाइएको धर्ना कार्यक्रमका संयोजक तथा सरोकार समितिका संयोजक हरेराम ढकालले बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar