शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
५२१ पाठक संख्या
१७ मंसिर,बुटवल – बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
आज बुधबार मध्यान्ह १२ बजेतिर लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुटवल-८ का ४९ वर्षीय भरत शर्माको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।