नेकपा सचिवालय बैठक : पुनः भोली दिउँसो बस्ने गरी सकियो
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
४४४ पाठक संख्या
१६ मंसिर,काठमाडौं – आज दिउँसो १ बजेवाट बालुवाटारमा सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोली पुनः १ बजे बस्नेगरी सकिएको छ ।
आजको सचिवालय बैठक भोली (बुधबार) दिउँसो १ बजे पुनः बस्ने गरी सकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अघिल्लो बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज छलफल भएको छ । प्रधानमन्त्री ओलीले गत मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमाथि कार्यकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले मंगलबारको बैठकमा धारणा राखेका थिए । अध्यक्षद्वयसँगै सचिवालयका अन्य सदस्यले धारणा राखेका छन् । सो बैठकमा प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रवक्ता श्रेष्ठले बताए ।