१४ मंसिर,काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको रिपोर्ट राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको भन्दै सरकारले अस्वीकार गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको रिपोर्ट राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका हुन्,।
सरकारले जारी गरेको वक्तव्यमा ‘प्रमाणित नभएका र आधारविहीन तथ्य तथ्यांक जुटाएर कुनै खोज अनुसन्धानविनै ट्रान्सपरेन्सी इन्टरनेशनले मनोगत धारणाबाट अभिप्रेरित मनोगत धारणाबाट अभिप्रेरित भएको रिपोर्ट सार्वजनिक गरेको बताएको छ ।
सरकारले गरेको समृद्धिको यात्रा अस्वीकार गर्ने, सरकारविरोधीले तयार पारेको प्रतिवेदन अस्वीकार गर्ने उनले बताए।
प्रतिवेदन तयार पार्ने व्यक्ति राजनीतिक रूपमा चिनिएको मानिस भएकोले पनि सरकारले प्रतिवेदन अस्वीकार गरेको समेत सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बताए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar