२०८१ आश्विन २८, सोमबार
१३ मंसिर,काठमाडौं – पाकिस्तानी सिमावर्ती क्षेत्र जम्मु-कश्मीरमा भएको गोलावारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
हिजो दिंउसो नेपाली समयानुसार साँढे एक बजेको समयमा भारतको सीमा सुरक्षामा खटिएका दाङको तुलसीपुर-९ बेलुवाका नायक ३० वर्षीय प्रेमबहादुर खत्रीको ज्यान गएको हो ।
भारतको रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
उता मृतक खत्रीको शव बुझ्नका लागी उनका बाबु लालबहादुर खत्री हिजो शुक्रवानै लखनउ गएका छन् । कश्मिरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन भन्दै लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले जानकारी दिए ।
मृतक प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा रहेका छन् । उनी भने भारतीय सेनाका भुपु सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । त्यस्ते मृतक खत्रीको घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar