• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

५ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

५ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

६ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

४ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • आज दिउँसो १ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीले तयार पारे यस्तो जवाफ

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १३, शनिबार (२ साल अघि)
  • ५६५ पाठक संख्या
  • sachiwalaya baithak and 2

    १३ मंसिर,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित सचिवालयको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

    आज बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टि अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार पारेको बताईएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताए । नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख समेत रहेका थापाले भने – ‘राजनीतिक आरोपबारे सामना गर्न प्रधानमन्त्री तयार हुनु हुन्छ ।’

    प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् ।

    यसअघि गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरे अनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

    आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

    अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनु पर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।

    गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।

    गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

    पछिल्ला समय मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

    गत स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो । नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्तिः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन् ।

    स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

    सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस शुरु भएको हो ।

    स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गत भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन (अपानि) – ५ जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा पुनः कार्यविभाजन लगायत काम गर्ने, चुनावी घोषणापत्र अनुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानूनी प्रबन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषदमा पुनःगठन गर्ने आदि विषय उल्लेख गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ५ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ५ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ६ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ४ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution