मुम्बई – बलिउड सानैदेखि बलिउड अभिनेत्री सारा अली खानको रूचि कलातिर बढी रहेको छ ।
सारा बेलाबेलामा पुराना तस्वीरहरू सामाजिक संजालमार्फत पोष्ट पनि गर्छिन् । साराले हालै एक अन्तर्वार्तामा आफ्नो बाल्यकालमा भएको रोचक घटना सुनाएकी छिन् ।
उनी बाल्यवस्थामा सारा नाच्न खुबै मन पराउँथिन् । यही क्रममा एकपटक परिवारसँग बिदा मनाउन विदेश गएकी थिइन् ।
बुवा सैफ अली खान, आमा अमृता सिंह र भाइ इब्राहिम अली खान पनि साथै थिए ।
घुम्ने क्रममा एकदिन सारा र इब्राहिमलाई बाहिरै छाडेर सैफ र अमृता सामान किन्न पसल छिरेका थिए ।
‘उहाँहरू पसल छिर्नु भएपछि म र भाइ हाम्रो सहयोगीसँग बाहिर थियौं । हामी तीन जना बाहिर कुरिरहेका थियौं’, उनले भनेकी छिन्, ‘म यसै त्यहीँ नाच्न थालेँ ।’
अनि पछि पैसा दिए साराले भनेकी छिन् ।, ‘मलाई थाहा थियो उनीहरूले मलाई भिकारी सोचेर पैसा दिएका हुन्’, साराले भनेकी छिन्, ‘पैसा पाइयो भन्दै म चाहिँ अझ बढी रमाउँदै नाच्न थालेकी थिएँ ।’
सारालाई त्यसबखत उनका सहयोगीले पनि नाच्न रोकेका थिएनन् ।
पछि सैफ र अमृता पसलबाट बाहिर निस्कना साथ सहयोगी गर्वका साथ उनीहरूसामु पुगेको साराले बताएकी छन् ।
यो सुन्नासाथ अमृता एकछिन चकित परिन् ।
त्यसपछि सहयोगीलाई भनिन्, ‘प्यारी लागेर होइन, सारालाई भिकारी सोँचेर पैसा दिइरहेका छन् ।’
फिल्म ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी सारा ‘लभ आज कल’ र ‘सिम्बा’मा देखिइसकेकी छिन् ।
उनको अभिनय रहेको फिल्म ‘कुल्ली नं. १’ रिलिजको तयारीमा छ ।
डेविड धवनद्वारा निर्देशित यो फिल्म यही डिसेम्बर २५ मा अमेजन प्राइमबाट सार्वजनिक हुनेछ ।
यसमा वरूण धवनको पनि मुख्य भूमिका छ ।
सारा आनन्द एल राईको ‘अत्रंगी रे’मा पनि देखा पर्ने भएकी छिन् । पर्दामा उनी अक्षय कुमार र धनुषसँग देखा पर्नेछिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar