२०८१ आश्विन २०, आईतबार
एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।
अर्जेन्टिनी संचारमाध्यमका अनुसार म्याराडोनाको हृदयघातका कारण हिजो बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । म्याराडोनाको निधनको खवरले विश्व फुटवल जगत नै स्तब्ध भएको छ ।
म्यारोडोनाको दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।
६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।
यद्धपी सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै आराम गरेका थिए ।
गत अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना समेत दिएका थिए ।
अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटो विरुद्धको खेलमा ३-० को जित दिलाएका थिए ।
उक्त खेलमा उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।
यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा समेत रहेका थिए ।
उनको बडीगार्डलाई समेत कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए ।
त्यसो त म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमै मनाएका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
उनले फुटवल करियरमा ४९० खेल खेलेर ३११ गोल गरेको ईतिहाँस छ । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलिका लागि मात्र ९१ खेल खेल्दै ३४ गोल गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar