• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ७, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

१२ घण्टा अघि
२

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

१२ घण्टा अघि
३

भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

१३ घण्टा अघि
४

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

१३ घण्टा अघि
५

‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

१३ घण्टा अघि
६

गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

१३ घण्टा अघि
७

सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल

१५ घण्टा अघि
८

बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

१५ घण्टा अघि
९

प्रधानमन्त्री दाहाल बेइजिङमा

१५ घण्टा अघि
१०

पानीमा डुबेर एक बालकको ज्यान गयो

१५ घण्टा अघि
११

अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत

१६ घण्टा अघि
१२

सामान्य बढयो सुनको भाउ

१६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ४ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • नेकपामा बल्झिदै विवाद : पार्टि विभाजनको दोसांधमा पुगेकै हो त !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर ३, बुधबार (२ साल अघि)
  • ४०१ पाठक संख्या
  • oli and prachanda

    ३ मंसिर,काठमाडौं – सत्तारूढ दल नेकपाका ‘जोर पाइलट’ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा ‘टसमस’ हुँदा विवाद झन् बल्झिएको छ।

    पुर्वनिर्धारित् समयानुसार आज बुधबारका लागि तय भएको सचिवालय बैठक, बिना कारण केही दिन पछि सार्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले असहमति नजनाएपछि नेकपा विवाद झनै बिग्रिएको हो।

    गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टि अध्यक्ष ओलीमाथि, सुधार गर्नुपर्ने १९ पृष्ठको प्रस्ताव पेस गरेपछि नेकपा विभाजनको दोसाँधमा उभिएको छ।

    त्यसो त प्रधानमन्त्री ओलीले पनी कार्यकारी अध्यक्ष प्रचण्डको सुझावलाई सुझावको रुपमा हेरेका छैनन् र सोहि कारण नै पार्टिमा किचलो सिर्जना भएको हो ।

    सोहि विषयलाई लिएर प्रधानमन्त्री ओलीले आफु ईतरका नेताहरुलाई प्रचण्डका बिरद्ध अभिव्यक्ती दिन उक्साहट गर्नु र बिभिन्न समुह र पुर्व पार्टिका फाउण्डेशनका नाममा कार्यक्रम गर्ने गराउने र पार्टि शिर्ष नेताहरुका बिरुद्ध अभिब्यक्ती दिन लगाउनाले पार्टि फुटको संघारमा पुगेको नेकपा नेताहरु बताउंछन् ।

    सोहि कारण अहिले शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ भने कलहले उत्कर्ष रूप लिएको छ।

    ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’ नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

    दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधबार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए।

    तर दाहालले त्यसमा सहमति जनाएनन्। उनले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो।

    ‘मंगलबार अध्यक्ष प्रचण्डसँग महासचिवले बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अर्का अध्यक्षको तर्फबाट प्रस्ताव गर्नु भएको रहेछ। उहाँ (प्रचण्ड)ले बैठक सार्ने कुरा हुँदैन भनिदिनुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

    दाहालले पौडेललाई बैठक सार्नै पर्ने भए पनि सचिवालय बैठक बसेरै यस सम्बन्धमा निर्णय लिइने जवाफ दिएको उनको सचिवालयले जनाएको छ।

    दिउँसो बालुवाटारमा ओलीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरूको छलफल भएको थियो।

    छलफलमा दाहालको प्रस्ताव फिर्ता र दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक राख्न नहुने निष्कर्ष नेताहरूले निकालेका थिए।

    त्यसपछि महासचिव पौडेलले बालुवाटारमा नेताहरूकै अगाडिबाट दाहाललाई टेलिफोन गरेका थिए।

    ‘सहमतिमा मात्र बैठक तय गरौं, आजका लागि स्थगित गरौं,’ पौडेलले दाहाललाई टेलिफोनमा भने। ओली निकट नेता, संसदीय दलका उपनेता सुवास नेम्बाङले केही दिन बैठक रोकेर दुई अध्यक्षले छलफल गर्दै सहमतिमा पुग्नुको विकल्प नभएको बताए।

    गत स्थायी समितिको निर्णय कार्यान्वयन गरेर अगाडि बढ्नु र पार्टीलाई एक ढिक्का बनाएर जानुको विकल्प नरहेको उनको भनाइ छ।

    ‘बालुवाटारमा हामी प्रधानमन्त्रीसँग छलफल गर्दै गर्दा त्यहींबाट महासचिवले अध्यक्ष प्रचण्डलाई दिउँसो साढे ३ बजेतिर टेलिफोन गर्नुभएको थियो।

    दुई अध्यक्षसँग सल्लाह गरेर महासचिवले बैठक राख्ने र स्थगित गर्ने हो भन्दै उहाँले आजका लागि स्थगित गरौं, केही दिन समय लिएर सहमति जुटाऔं।

    यसो गरौं भन्नुभयो,’ नेम्बाङले भने, ‘उता (दाहाल)बाट ठीक छ, सल्लाह गरेर म खबर गरौंला भन्नुभएको छ।’ दाहाल पक्षले सहमतिमा बैठक स्थगित गर्नेतिर नगएमा महासचिव पौडेलले बुधबार बिहान आफ्नो तर्फबाट सचिवालय बैठक स्थगित गरेको सूचना सार्वजनिक गर्ने तयारीमा ओली पक्ष छ।

    ‘अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने, सम्बन्धित कमिटीको बैठकको कार्यसूची पेस गर्ने, पारित गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने विषय अन्तरपार्टी निर्देशन मा उल्लेख भएको छ।

    त्यही टेकेर महासचिवले बुधबार बिहान दाहाल नेपाल पक्ष सहमतिमा नआए बैठक स्थगितको सूचना पठाउनुहुन्छ,’ ओली निकटका एक स्थायी समिति सदस्यले भने।

    दाहाल-नेपाल पक्षले भने मंगलबार अबेरसम्म बैठक रोक्ने विषयमा कुनै धारणा बनाइसकेको छैन।

    ओली पक्षीय नेताहरू बालुवाटारमा छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका थिए।

    उक्त छलफलमा पार्टी बैठक नरोक्ने, ओली पक्ष सहभागी नभए पनि बैठक राखेर स्थायी समिति बैठकको मिति तोकेर जाने तय गरियो।

    प्रवक्ता श्रेष्ठले बैठक नरोकिने बताए। ‘उहाँहरूका कुरा बैठकमै राख्नुपर्छ। बैठक रोकिंँदैन। सबै कुरा बैठकमा राखेर त्यहीँबाट समस्या समाधानको खोजी गर्नुपर्छ,’ श्रेष्ठले भने।

    नेकपामा दुई पक्ष आआफ्नै अडानमा रहने र बैठक राख्ने र नराख्नेमै नेताहरू घम्साघम्सी गरेमा पार्टी संकटमा पर्नेछ।

    सम्भाव्य जोखिम रोक्न पनि उपायको खोजी पहिले गर्नुपर्नेमा कतिपय नेताहरूको तर्क देखिन्छ। खुमलटारमा उपाध्यक्ष गौतम र वरिष्ठ नेता नेपालसँग भेट गरेपछि साँझ दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन्।

    भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता बचाएर अगाडि बढ्न सुझाव दिएको स्रोतले बतायो।

    राष्ट्रपति भण्डारीले यसबीच उपाध्यक्ष गौतम, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरूसँग पनि भेटवार्ता गरेकी थिइन्।

    प्रधानमन्त्री ओलीले पनि कात्तिक २९ मा राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए। ओली पक्षीय नेता नेम्बाङले आफूले दुवै अध्यक्षलाई केही समय लिएर छलफल गरेर सहमतिमा बैठक बोलाएर जान सुझाव दिएको बताए।

    ‘खुमलटारमा अध्यक्षलाई पनि खबर पठाएको थिएँ, उहाँले तपाईँलाई भेट्न बोलाउँछु हैं भनेर खबर पठाउनु भएको छ। तर यति हुँदाहुँदै पनि साथीभाइमार्फत खबर पठाएको छु।

    दुई अध्यक्षले छलफल गर्दै सहमतिमा पुग्नुको विकल्प छैन। विगत जुन स्थायी समितिको निर्णय छ, त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्छ।

    पार्टीलाई एक ढिक्का राख्नुपर्छ। यो सन्दर्भमा अहिले आज बस्न लागेको सचिवालय बैठक अगाडि तपाईंहरूको आवश्यक तयारी पुगेको जस्तो लाग्दैन।

    त्यसकारण केही समय लिनुहोस्। केही समय बैठक रोक्नुहोस्। तपाईंहरूबीच आवश्यक तयारी गरेर मात्र अगाडि बढ्नु होला। त्यसो गर्नु राम्रो होला भन्ने सन्देश दुवै अध्यक्षकहाँ पुर्याउने काम गरेको छु’ नेम्बाङले भने।

    प्रधानमन्त्रीले भने आफू पार्टी एकताको पक्षमा ढृढ रहेको र यसलाई यताउती हुन नदिने आफूहरूसँग बताएको पनि नेम्बाङले सुनाए।

    यसबीच, ओलीले कात्तिक ३० मा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई महासचिव विष्णु पौडेललाई सँगै राखेर छुट्टाछुट्टै छलफल गरेका थिए।

    ओलीले दुवै नेतासँग दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्तावेज नभई आफूविरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

  • सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

  • भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

  • सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ


  • समाचार
  • १

    ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो
    १२ घण्टा अघि

  • २

    सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
    १२ घण्टा अघि

  • ३

    भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा
    १३ घण्टा अघि

  • ४

    सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ
    १३ घण्टा अघि

  • ५

    ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
    १३ घण्टा अघि

  • ६

    गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल
    १३ घण्टा अघि

  • ७

    सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल
    १५ घण्टा अघि

  • ८

    बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता
    १५ घण्टा अघि

  • ९

    प्रधानमन्त्री दाहाल बेइजिङमा
    १५ घण्टा अघि

  • १०

    पानीमा डुबेर एक बालकको ज्यान गयो
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा एक सपिङ मलमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    रुसी कमान्डरहरूको बैठकमा भएको हमलामा कयौं मारिएको युक्रेनको दाबी

    शुभयुग सम्वाददाता
    ३

    श्रम कानूनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकाद्वारा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने प्रक्रिया सुरु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution