२०८१ आश्विन २८, सोमबार
३ मंसिर, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित सचिवालय बैठककै समयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्।
पुर्वनिर्धारित् नेकपा सचिवालय बैठकवारे सचिवालयका नेताहरुलाई खवर गरिएपनी प्रधानमन्त्री ओलीले, बैठकबारे मन्त्रीहरुलाई मंगलबार राति मात्र जानकारी गराईएको स्रोतले बताएको छ ।
मंगलबार मात्र ओलीले सचिवालय बैठक सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सन्देश पठाएका थिए। प्रचण्डले उक्त सन्देश अस्वीकार गरेपछि ओलीले सोही समयमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार दिउँसो १ बजेका लागि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। पार्टीको विवाद चर्किँदै गएको अवस्थामा आज (बुधबार) पूर्वनिर्धारित पार्टि सचिवालय बैठक पनि ्सोहि समयमा बस्दैछ ।
कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीका कामप्रति असन्तुष्टि व्यक्ति गर्दै कात्तिक २८ गतेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar