२०८१ आश्विन २८, सोमबार
२ मंसिर,काठमाडौं – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।
कोरोनाको संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेको मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए ।
यसअघि मन्त्री सुवेदीका अर्का स्वकीय सचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना संक्रमण देखिएको थियो ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना संक्रमित भई हाल काठमाडौंमा उपचाररत छन् ।
गएको गत कात्तिक १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar