• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

५ मिनेट अघि
२

UkraineDate Review in 2019

११ मिनेट अघि
३

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

२७ मिनेट अघि
४

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

३८ मिनेट अघि
५

पोखरामा दुई जनाको शव फेला

५१ मिनेट अघि
६

नेपालबाट १४ करोडको चिउरा निर्यात

१ घण्टा अघि
७

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

१ घण्टा अघि
८

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

१ घण्टा अघि
९

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

२ घण्टा अघि
१०

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

२ घण्टा अघि
११

हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

२ घण्टा अघि
१२

कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा

२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १९ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • pradesh khelkud १०

    दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखी देखि सुरु

    २ हफ्ता अघि
  • नेकपाको नेतृत्व नै लथालिंग

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २९, शनिबार (२ साल अघि)
  • ३७१ पाठक संख्या
  • nekapa sachiwalaya baithak

    २९ कार्तिक,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय शिर्ष ९ नेता सम्मिलित ‘चेन अफ कमाण्ड’ हो ।

    पार्टीमा कुनै समस्या देखिए सचिवालयले समाधान गर्ने गर्दछ । सचिवालयमा निर्णय भएपछि नेता कार्यकताले के गर्न हुन्छ के गर्न हुदैन भनेर अन्तरपार्टी निर्देशिका जारी गर्ने गरेको छ ।

    स्थायी कमिटीको बैठकपछि पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यस्तो निर्देशिका जारी गरेका छन् । तर, सो निर्देशिका सचिवालयकै नेताहरुले नपढेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारसँग खुलासा गरे ।

    करिव ४० मिनेटमै सकिएको बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘कार्यकारी अध्यक्ष प्रचण्डले पठाएको पत्र र प्रधानमन्त्रीले पठाएको पत्रका बारेमा सामान्य छलफल भएपछि सचिवालय सदस्यले अन्तरपार्टी निर्देशिका अध्ययन गर्ने भएका छौँ । सो अध्ययन गरेपछि मंसिर ३ गते पुनः बैठक बस्नेछौँ ।’

    सो निर्देशिकामा पार्टी हित विपरित काम गर्न नहुने, सामाजिक सञ्जालबाट नेतृत्वको विरोध गर्न नपाइने, कुनै विषयमा चित्त नबुझे पार्टीका सम्वन्धित निकाय वा बैठकमा विधि सम्मत रुपमा राख्नुपर्ने उल्लेख छन् ।

    तर, यस्ता विषय कार्यकर्तालाई मात्र लागु हुने कुरा प्रवक्ता श्रेष्ठको भनाईबाट खुल्छ । शुक्रबारको सचिवालय बैठकमा ओलीको आलोचना गर्दै आएका पाँच नेता मौन बसेका थिए ।

    बैठक बोलाउन माग गर्दै बुझाएको पत्रको जवाफ प्रधानमन्त्री समेत रहेका ओलीले पठाएपछि त्यसको पनि जवाफ दाहालले शुक्रबारको सचिवालय बैठकमा पेश गरेका थिए ।

    दाहालको पत्र बुझेपछि ओलीले अब बैठकबाटै समस्याको समाधान गरौं भनेर जवाफ दिएका थिए । त्यसपछि बैठक तिहार लगत्तै अर्थात मंसिर ३ गते फेरी बस्ने गरी नेताहरु उठेर हिडेका थिए ।

    बैठकमा पार्टीमा उत्पन्न विवाद, समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

    उक्त कार्यसूची अन्तर्गत यसअघि स्थायी कमिटीको निर्णय कार्यन्वायनको विषय, कर्णाली प्रदेशको विवाद, पर्सा लगायतका स्थानमा पार्टी कार्यकर्ताबीच भएको दोहोरो झडप, कोभिड-१९ र त्यसले उत्पन्न गरेको आर्थिक संकट, पार्टी र सरकारका बीच उत्पन्न विवाद र भारतीय गुप्तचरका प्रमुखको नेपाल भ्रमणको विषयमा छलफल हुने श्रेष्ठले बताए ।

    अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई लेखेको पत्र र उक्त पत्रको जवाफमा दाहालले ओलीलाई लेखेको पत्र तथा पार्टीको संकट र निवारणको विषयमा सचिवालयमा छलफलका लागि अध्यक्ष दाहालले तयार गरको प्रस्ताव, स्थायी कमिटीको बैठक पछाडी जारी गरिएको अन्तरपार्टी निर्देशिका सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको छ ।

    ओली-दाहाल वाकपछि पत्रयुद्ध

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच वाकपछि अब पत्रयुद्ध चल्न थालेको छ । दाहाललाई दस पृष्ठ लामो प्रत्युत्तर पत्र लेख्दै ओलीले चार महिनाको महाधिवेशन किन कुर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

    ‘पटक-पटक मन्त्री र प्रधानमन्त्री भइसक्नुभएका तपाईं सचिवालयका कमरेडहरूलाई म प्रश्न गर्न चाहन्छु, के विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने र घेराबन्दी गरिएको थियो र रु थोरै नै होला, सरकारले गरेका सकारात्मक काम सरकारमा रहनेले मात्रै प्रचार गर्ने, पार्टीपंक्तिलाई मौन राखिएको थियो र ? सरकारले गरेका राम्रा कामको समर्थनमा कोही बोल्न नहुने, केही चर्चा भएमा कसैको देवत्वकरण भन्दै ईष्र्या गर्ने काम किन भइरहेको छ ? सरकार लोकप्रिय हुँदा नै पार्टी बलियो हुने होइन र ? सोचौं पार्टी एकीकरणपछिको यति लामो अवधिसम्म पनि हाम्रो पार्टी एउटै पार्टीभन्दा संयुक्त मोर्चाजस्तो किन छ ? एकतापछि हाम्रो सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकारजस्तो किन छ ? यस्तो संक्रमण अन्त्य गर्न ढिला भएन रु यसका लागि नेतृत्व तहका कमरेडहरूको सामूहिक प्रयास आवश्यक पर्दैन र,’ ओलीले प्रश्न गरेका छन् ।

    त्यसको जवाफ पनि दाहालले पत्रबाटै दिएका छन् । प्रधानमन्त्री ओलीले चिप्ला कुरा गर्ने गरेको बताउँदै दाहाले त्यसलाई ‘विष भरिएको घैंटोको मुखमा रहेको अमृत’ को उपमा दिएका छन् ।

    सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पत्रमा भनिएको छ, मैले दुःखका साथ भन्नुपर्छ कि यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झूठको पुलिन्दा हो ।

    अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’ का रुपमा महसुस गरें । प्रधानमन्त्री ओलीले आफूमाथि अतिचार गरेको बताउँदै प्रचण्डले पत्रमा भनेका छन्, ‘अति गर्नू अतिचार नगर्नू भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, इन अफ इज इनअफ ।’

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

  • अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

  • माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

  • पोखरामा दुई जनाको शव फेला


  • समाचार
  • १

    उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती
    ५ मिनेट अघि

  • २

    UkraineDate Review in 2019
    ११ मिनेट अघि

  • ३

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    २७ मिनेट अघि

  • ४

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    ३८ मिनेट अघि

  • ५

    पोखरामा दुई जनाको शव फेला
    ५१ मिनेट अघि

  • ६

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    १ घण्टा अघि

  • ७

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    १ घण्टा अघि

  • ८

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    १ घण्टा अघि

  • ९

    पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला
    २ घण्टा अघि

  • १०

    थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution