२०८१ आश्विन २८, सोमबार
२६ कार्तिक,चितवन – कोरोना संक्रमणवाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत कार्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
यससँगै चितवन जिल्लामा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar