२०७९ जेष्ठ १०, मंगलबार
२५ कार्तिक, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटरमा असम्बन्धित ट्वीट भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डल सल्लाहकारबाट दुरुपयोग भएको देखिएको छ ।
बालुवाटार स्रोतका अनुसार उक्त ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन् ।
प्रधानमन्त्रीको ट्वीटरबाट असम्बन्धित ट्वीट भएपछि सामाजिक सञ्जालमा विरोध भएपछि ट्वीट हटाइएको थियो ।
पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको ट्वीटमार्फत शुभकामना दिइएको छ ।
यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुसी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको छ ।
जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ ।
तर त्यही ट्वीट थापाले आफ्नै ह्यान्डलबाट पनि गरेका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह