WHO महानिर्देशकको बाइडेनलाई बधाई : भने ‘सँगै काम गर्न इच्छुक छु’
एजेन्सीप्रकाशित मिति: २०७७ कार्तिक २४, सोमबार (४ साल अघि)
६०५ पाठक संख्या
जेनेभा – विश्व स्वास्थ्य संगठनका महानिर्देशकले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
आइतबार महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले ट्वीटर मार्फत् उनिहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै, उनले सो बधाईसँगै आफू पनि उनिहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।
‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।’ – महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले ट्वीटमा भनेका छन्,
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो ।
महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।
महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् ।
आइतबार एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने समाचार लेखेको थियो ।
यता महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिँदै सो प्रसंग उल्लेख गरेका हुन् ।