१८ कार्तिक,काठमाडौं – काठमाडौं महानगरले खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको छ ।
महानगरको उक्त निर्देशनको यतिबेला चौतर्फी विरोध भैरहेको छ । यसैक्रममा साझा पार्टीले पनी निर्णयको विरोध गरेको छ । आज मंगलवार एक विज्ञप्ति जारी गर्दै पार्टीले महानगरको उक्त निर्देशनको विरोध जनाएको हो । यस्तो घडीमा रोजगार विहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्ने साझाको भनाइ छ ।
‘तर उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो,’ पाठकले भनेका छन् । साझाले बुधबार बिहान र बेलुकी खुलामञ्चमा खाना खुवाउने पनि बताएको छ ।
‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्,’ उनले भनेका छन्, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौं कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले ।’
सो निर्णय तत्काल फिर्ता लिन साझा पार्टिले सरकारसंग आग्रह गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar