२०८१ आश्विन २०, आईतबार
१८ कार्तिक,काठमाडौं – पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद उत्कर्षमा पुगेसंगै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्षमा थप समस्या देखिएको छ ।
पछिल्लो समय अब नेकपा पार्टी नै फुट्ने प्रसंगको समेत चर्चा हुन थालेको छ । दुई अध्यक्षको तिक्तता बढेपछि मिडिया र सामाजिक संजालमा नेकपाका नेताहरुको बयानबाजी पनि शुरु भएको छ ।
नेकपाकी सांसद निरुदेवी पालले पनी शक्ति संघर्ष र पार्टी फुटको खेल नखेल्न नेतृत्वलाई सचेत गराएकी छिन् । महिला तथा सामाजिक समितिकी सभापति समेत रहेकी पालले कोठे बैठक गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने र पार्टी फुटाउने सम्मका चलखेल बन्द गर्न आग्रह गरेकी हुन् ।
सांसद पालले सामाजिक सञ्चाल फेसबुक मार्फत जनतालाई रोग र भोकबाट कसरी बचाउन भन्दा पार्टी फुट्न लाग्यो बचाउनु पर्यो भनेको देख्दा दया लागेको समेत बताएकी छिन् ।
‘पार्टी फुट्न लाग्यो बचाउनु पर्यो भनेर सिनियर नेताहरुले सामाजिक संजालहरुमा हारगुहार गरेको देख्दा दया लागेर आयो,’ उनले लेखेकी छन् । ‘के पार्टी कार्यकर्ताले फोड्न लागेका हुन् र ?, यो नाटक अब बन्द गर्नुस् ।’
प्रधानमन्त्रीलाई कसरी हटाउने योजना बनाई अगाडी बढेमा जनताले किमार्थ माफ नगर्ने उनको चेतावनी छ । ‘केपी ओलीलाई फाल्न अर्को कसैलाई ल्याउन होइन्, जनताले तपाईं हामीलाई किमार्थ माफ गर्ने छैनन् ।’ उनले भनेका छिन् । ‘नेता कमरेडहरु सच्चिनुस्, अन्यथा कार्यकर्ताले जोगाएको पार्टी हो, कार्यकर्ताको आवेगको सामना गर्न निक्कै महङ्गो पर्ला !’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar