२०८१ आश्विन २०, आईतबार
१७ कार्तिक,काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच गत शनिबार बालुवाटारमा झण्डै २ हप्ताको अन्तरालमा भेटवार्ता भयो । तर लामो समयपछिको भेटवार्ताले अध्यक्ष द्वयवीचको दुरी घटाउने अपेक्षा गरिएपनी प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला नै मच्चिएको छ ।
उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ-आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको भन्दै एकाएक समाचार प्रकाशित हुनु र नेकपाका केन्द्रीय स्तरका नेताहरु समेत ससंकित हुनुले पछिल्लो समय नेकपा पार्टि पुनः फुटको संघारमा पुगेको आंकलन गरिएको छ ।
उता नेकपा सचिवालयका एक नेताहरुले समेत प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी ओलीले प्रचण्डमाथी उक्त जवाफ दिएको हुनसक्ने भन्दै अनौपचारीक रुपमा स्विकार गर्ने गरेका छन् भने कतिपयले त उक्त प्रसंगमा सत्यता रहेको समेत बताएका छन् ।
‘प्रधानमन्त्रीज्यूले अस्ति फोनमा पनि प्रचण्डलाई आ-आफ्नो बाटो लागौं भन्नुभएछ, हिजो बालुवाटारको भेटमा पनि त्यसै भन्नुभएछ’ एक सचिवालय सदस्यले भने, ‘हिजोको फोनवार्तामा पनि प्रधानमन्त्रीज्यूले प्रचण्डलाई त्यसै भन्नुभएछ ।’ उनले बताए ।
तर प्रचण्डले भने ‘यसरी कहाँ सल्लाहले पार्टी फुटाउन मिल्छ रु’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेको समेत उनले बताए ।
गत ११ दिनको सम्वादहीनतालाई चिर्दै अस्ती शनिबार बालुवाटारमा दुई अध्यक्षवीच छलफल भएको थियो । त्यसअघि दुई अध्यक्षवीच फोनमा कुराकानी भएको थियो । त्यस्तै हिजो आइतबार पनि ओली र प्रचण्डवीच फोन सम्वाद भएको थियो ।
नेताहरुका अनुसार यी सबै सम्वादहरुमा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले आ–आफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्रको अन्तरविरोध एकाएक सघन बनेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar