१६ कार्तिक,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
नेकपा फुटको संघारमा रहेको नेताहरुको अभिव्यक्ति आइरहेका बेला नेता रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन् ।
नेता रावलले आज आइतबार साँझ ट्वीट गर्दै ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’, भनेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar