४ कार्तिक,काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा नेपाल राष्ट्र बैंकमा कार्यरत डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
अर्थमन्त्री पौडेलले सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरेका हुन् । श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले अष्ट्रेलियाको कर्टीन विश्वविद्यालयबाट अर्थशास्त्र र फाइनान्समा स्नातकोत्तर र द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी समेत गरेका हुन् ।
उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा पनी काम गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar