बुटवलबाट प्रदेश राजधानी हटाउने प्रस्तावमा असहमति जनाउँदै समितिका संयोजकद्धारा राजीनामा
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
७५५ पाठक संख्या
१९ असोज,बुटवल – प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावप्रती असहमति जनाउँदै समितिका संयोजकले राजीनामा दिएका छन् ।
प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश नं. ५ को प्रदेश सभा, विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका हुन्। प्रदेश राजधानीको बिषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्टमा तीव्र असन्तुष्टि बढेको छ। सोहि असन्तुष्टिका कारण विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएको श्रेष्ठले अनौपचारीक जानकारी दिएका छन् ।
बुटवल २ क बाट निर्वाचित श्रेष्ठ तात्कालिन एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष समेत हुन्। उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका थिए।
त्यस्तै आज सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रदेश सभा बैठक १२ बजेका लागि डाकिएको छ। सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिले भर्खरैबाट सुरु भएको छ ।