२०८१ आश्विन २८, सोमबार
१५ असोज,काठमाडौं – निक्कै लामो समयपछी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा सुधार आउपनी पछिल्लो समय मन्त्रीपरिषद् हेरफेर र आज पुनःमन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाकाको राजदूत सिफारिसलाई लिएर अध्यक्षद्धयबिच फेरी बिवाद सुरु भएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोक दर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेकोप्रती पार्टि अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।
आजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै रेग्मी लाई बेलायतको राजदूत र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । त्यस्तै मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बढुवा गरेको थियो ।
पार्टि भित्रको निरन्तरको संवाद जारी रहेकै समयमा सरसल्लाह नगरेरै राजदूत सिफारिस गरिएपछि प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीचको भेटवार्ता नै अनिश्चित बनेको नेकपा निकट स्रोतले भन्यो, ’सर सल्लाह अनुसार अगाडि बढ्नुपर्नेमा, त्यसो हुन सकेन । त्यसैले आज हुने भनिएको भेटवार्ता नै अनिश्चित बनेको छ । बेलुकीसम्म नयाँ कुरा आएमा भेटवार्ता सम्भव होला । तर, सम्भावना झन्झन् कमजोर बन्न थालेको छ ।’ श्रोतले बतायो ।
त्यस्तै पार्टि भित्रको निरन्तरको संवाद जारी रहेकै समयमा सरसल्लाह नगरेरै राजदूत सिफारिस गरिएपछि अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा विवाद समेत बढेको छ ।
ओलीले आफू निकटका व्यक्तिलाई भने मन्त्री कायमै राख्ने योजना बनाएका छन् भने प्रचण्डले एक पटक सबैलाई फिर्ता गरेर नयाँ ब्यक्तीहरुलाई दोहोर्याउनु पर्नेमा जोड दिएका छन् । सोहि बिषयमा कुरा नमिलेपछि हिजो हुने भनिएको भेटवार्ता पनि स्थगित गरिएको थियो ।
अव राजदुत सिफारिस र नियुक्तीको बिषयलाई लिएर फेरी बिबाद बढ्ने सम्भावना बढेको नेकपा निकट श्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar