१४असोज,बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङले गत असोज ७ गते बलात्कारपछी हत्या गरिएकी सम्झना कामीका हत्या आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी, सम्झनाकोे बलात्कारपछी हत्या आरोपमा २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक डिएस्पी रुपक खड्काले अभियुक्त बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण जुटेको समेत जिकिर गरे । अभियुक्त बोहराविरुद्ध यसअघी पनी अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । “सोही स्थानकी १३ वर्षीया एक बालिकालाई समेत जबर्जस्ती करणी गरेको जाहेरी परेको छ , आवश्यक छानबिन गरिरहेका छौं ।” डिएस्पी खड्काले बताए ।
गत असोज ७ गते घरदेखी केहि पर रहेको गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी १२ बर्षीया बालिका, कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
यता अभियुक्त बोहराले भने सो विषयमा बोलेका छैनन् भने, आरोपितका बुवा वीरबहादुरले भने छोरा राजेन्द्रले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar