२०८१ आश्विन २५, शुक्रबार
१३ असोज,काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफलमा जुटेका छन् ।
उनीहरुबीच अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ । केही दिनयता अध्यक्षद्धयबीच निरन्तर छलफल चलिरहेकोे छ । छलफल निरन्तर भएपनि परिणाम भने निस्कन सकेको छैन् । अध्यक्ष दाहाल राष्ट्रिय सभा सदस्य बामदेव गौतमलाई मन्त्री बनाउने तयारीमा छन् तर प्रधानमन्त्री ओली भने गौतमलाई मन्त्री बनाउने तयारीमा छैनन् ।
गौतमलाई सर्वोच्च अदालतले केही समयसम्म मन्त्री नबनाउन अन्तरिम आदेश जारी गरेपछि प्रधानमन्त्री ओली अड्किएका छन् । गौतमलाई सांसद मनोनित गर्दा आलोचित भएका ओली अब थप आलोचना खेप्ने पक्षमा छैनन् ।
पार्टीको स्थायी कमिटी बैठक र सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि निर्णय गरेपनि प्रधानमन्त्री ओली एकलौटी निर्णय लिएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar