
१२ असोज,काठमाण्डौं – चीनले जुसुकै बेला आक्रमण गर्नसक्ने भन्दै भारतले आज सोमबार क्षेप्यास्त्र सार्वजनिक गरेको छ।
भारतले ब्राह्मोस, आकाश र निर्भय नामको क्षेप्यास्त्र सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। ब्राह्मोस क्रुज क्षेप्यास्त्रले ५ सय किलोमिटर परसम्म गएर मार हान्नसक्छ। यस्तै आकाश र निर्भयले ८ सय किलोमिटर टाढासम्म गएर मार हान्नसक्छ।
हिन्दुस्तान टाइम्सका अनुसार यी सुपरसोनिक क्षेप्यास्त्रहरु जटिल अवस्था निम्तिएको खण्डमा प्रयोगमा आउनेछन्। भारतले आइतबार मात्र चीनसँगको सीमा नजिक लद्दाखमा माइनस ४० डिग्री सेल्सिएसको चिसोमा पनि प्रयोग गर्न सकिने ट्यांकहरु तैनाथ गरेको थियो।
जाडो याममा उक्त क्षेत्रमा विवाद नहुने अनुमानका बीच भारतले एकपछि अर्को आफ्नो सेनाको तयारीको बारेमा जानकारी दिइरहेको छ। चिनियाँ सेनापनि जाडोमा उत्पन्न हुने खतराका लागि सिमामा तयार भएको बताइएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar