२०८१ आश्विन ३०, बुधबार
११ असोज काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार(आज) दिउँसो १२ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
पछिल्लो समय संचारमाध्यममा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने चर्चा चलिरहेका बेला आईतवार(आज) दिउँसो १२ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनाले आजको बैठक सबैको चासोका बिषय बनेको छ ।
प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालय श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले केहि दिनअघि मात्रै आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन अग्रीम जानकारी समेत गराएका थिए ।
ओलीले आजको मन्त्रिपरिषद् बैठक केही मन्त्रीहरूका लागि अन्तिम बैठक पनि हुन सक्ने बताएका थिए ।
त्यसैले आजको मन्त्रिपरिषद् बैठकमा अहिलेसम्म कुशलतापूर्वक भूमिका निर्वाह गरेको र सहयोग गरेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिने स्रोतले बतायो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनी मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटिसकेको श्रोतको दावी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar