• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • ‘अवैधानिक’ पञ्चायतीको प्रपञ्चमा, तराईका निमुखा जनता

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ११, आईतबार (१ साल अघि)
  • ३८८ पाठक संख्या
  • panchait tarai

    ११ असोज,काठमाण्डौं –  बाराको सुवर्ण गाउँपालिका–५ औरैया गाउँमा १ असोजमा १२ वर्षीया बालिकामाथि बलात्कारको घटना भयो । एक युवक आरोपित थिए । घटना लुकाउन त्यहाँका वडाध्यक्ष रामएकवाल साहले पञ्चायत बोलाएर घटना लुकाउन खोजे । बस्तीभन्दा पर रहेको गोठमा बसेका परिवारका सदस्यलाई बेलुकीको खाना खुवाएर फर्किंदै गर्दा ती बालिकालाई युवकले बलात्कार गरेको बालिकाले प्रहरीसमक्ष वयान नै दिएकी छन् । घटनाको तेस्रो दिन ३ असोजमा वडाध्यक्ष कलवारले पञ्चायती गरेर ढाकछोप गर्न खोज्दा विवाद चुलियो । युवाको समूहले ५० वर्षीय वडाध्यक्ष कलवारमाथि पञ्चायतीमै हातपात गरे । वडाध्यक्ष कलवार त्यहाँबाट भागेपछि बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

    सिराहामा सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका झाँक्रीले स्थानीय महिला मूर्तिदेवी बोक्सी भएको ठहर गरेपछि पञ्चायती बोलाइयो । नवराजपुर गाउँपालिका–५ कुर्सन्डास्थित शिव मन्दिरमा गाउँका अगुवाको पञ्चायती बस्यो । स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएपछि ती महिलालाई दोषी ठहर गर्दै सजाय दिन र गाउँमा सुख, शान्ति स्थापना गर्न पञ्चायती बोलाइएको थियो ।
    मन्दिरमा भेला भएका करिब ५० जनाले ती महिलालाई मध्यराती १२ बजेतिर घरबाट लिएर आएका थिए । पञ्चायतीले निर्णय सुनाउनु अगावै उनलाई कुटपिट सुरु भइसकेको थियो । रक्ताम्य हुने गरेर कुटपिट गरेपछि उनलाई मलमूत्रसमेत खुवाइयो ।

    सप्तरीकी एक १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परिन् । डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगिता मण्डलको स्थानीय चार युवाले सामूहिक बलात्कार गरेका थिए । धानखेतमा लगाएको पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताएकी छिन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध उजुरी दिन प्रहरी कार्यालय जान खोज्दा पञ्चायतीको भेलाले रोकेका थिए ।
    त्यसपछि घटनालाई लुकाउन र गाउँमै मिलाउन गाउँको पञ्चायती बस्यो । चार जनाले बलात्कार गरेको पञ्चायतीले स्वीकार गर्दै जनही २५ हजार युवतीलाई दिन र घटना त्यही मिलाउने निर्णय ग¥यो । घटनाबाट निक्कै विक्षिप्त भएकी संगिताले झुण्डिएर आत्महत्या गरेपछि घटना बाहिर आयो । गाउँका भद्रभलाद्मी समेतले पञ्चकै पक्षमा लागेर प्रहरीमा उजुरी गर्न नदिएर रकममा मेलमिलाप गर्न दबाब दिएपछि उनले आत्महत्या गरेकी हुन् ।

    तराईका जिल्लाहरूमा पञ्चायती बस्ने घटना नौलो होइन । यो निक्कै पुरानो चलन हो । राणाकालदेखि नै गाउँका ‘ठूलाबडा’ को रोहबरमा घटनाहरू मिलाउने गरिन्थ्यो । पञ्चायतकालमा गाउँका मुखियाले अधिकांश मुद्दाहरू दुवै पक्षलाई राखेर मिलाउने गर्थे । त्यसैलाई पञ्चायती भनिन थालिएको हो ।

    गाउँका ‘ठूलाबडा’ को रोहबरमा मुद्दा–मामिला र घटनाहरू गाउँमै मिलाउने राणाकालदेखिको यो चलन मधेसमा अझै छ । गाउँका सामान्य घटनाहरू पञ्चयतीले मिलाउने गरेका थिए । जहाँ प्रायः पीडितले होइन टाठाबाठा, धनीमानी र पहुँचवालाले ‘न्याय’ पाउँछन् । अधिकांश निर्णय पीडितको विपक्षमा हुन्छन् । गम्भीर प्रकारका अपराधमा पनि पीडितका पक्षमा निर्णय भइहाले सामान्य रकम तिर्न लगाइन्छ ।
    तराईका गाउँका बासिन्दा प्रहरी प्रशासनभन्दा पनि पञ्चायतीकै बढी भर पर्ने गरेका छन् । जसले पञ्चायतीका विरुद्धमा बोल्न खोज्छ उसलाई गाउँ निकाला गर्नेदेखि डर, धाकधम्की देखाएर चुप लगाउने गरिन्छ । यस्ता अवैध गतिविधिमा प्रहरी–प्रशासनको समेत साथ देखिन्छ । तराईका केही जिल्लामा रहेका प्रहरी कार्यालयले सकेसम्म यस्ता घटना पञ्चायतीकै भेलाबाट टुंगो लगाउने प्रयास गरेको पनि पटकपटक सार्वजनिक भइसकेका छन् ।

    मधेसका हरेक जातीय समुदायमा मुख्य व्यक्ति ‘माइनजन’ हुन्छन । टोल, बस्तीका ती व्यक्तिले जातीय समुदायको जन्म, विवाह, मृत्यु संस्कारदेखि भोजभतेरका बारेमा निर्णय सुनाउँछन् । उसले सुनाएको निर्णय ती समुदायमा सबैले पालना गर्नु अनिवार्य हुन्छ । यस्ता निर्णय उक्त समुदायमा कानुनसरह लागू हुन्छ । मधेसका दलित मुसहर, चमार, डोम, पासवानदेखि यादव, महतो, हलुवाई, सुडी, कुर्मीलगायत तराईका अधिकांश जातिमा माइनजन प्रथा कायम छ । जसले गर्दा रुढीबादी संस्कारले निरन्तरता पाएको छ भने पीडितले न्याय भने पाउन सकेको देखिँदैन ।
    कानुनले भने कुनै पनि पञ्चायतीलाई सजाय तोक्ने अधिकार दिएको छैन । स्थानीय सरकारलाई केही सीमा तोकेर फैसला गर्ने अधिकार भने दिएको छ । पालिकाका उपप्रमुख वा उपाध्यक्षलाई कानुनी इजलास चलाउने अधिकार दिए पनि पञ्चायतीमा कतिपय जनप्रतिनिधि नै सहभागी हुने गरेका घटनाहरू सार्वजनिक भइसकेका छन् । जसले गर्दा पञ्चायतीको आडमा कानुन हातमा लिनेको मनोबल झनै बढेको छ । एक तंथ्याकअनुसार तराईमा हुने विभिन्न किसिमका हिंसामध्ये करिब ३० देखि ४० प्रतिशत पञ्चायतीबाटै टुंगो लगाउने गरिएको छ ।

    प्रहरी नै पञ्चायतीको पक्षमा

    सप्तरीको तिरहुत गाउँपालिका–५ बुधेवाकी ७० वर्षीया शान्तिदेवी सेठलाई साउनको अन्तिम साता छिमेकमा बस्ने बाबुछोरा मिलेर कुटपिट गरे । छोराबुहारी राजविराज बसिरहेकाले गाउँको घरमा एक्लै बस्दै आएकी सेठले छिमेकीबाटै कुटिएपछि प्रहरी कार्यालयमा उजुरी दिइन् । आरोपितलाई प्रहरीले पक्राउ गरेको छैन ।

    सेठलाई गाउँकै लोहजरास्थित प्रहरीचौकीमा गएर पञ्चायती गर्न प्रहरीले नै दबाब दिइरहेको छ । यस्तै, हुलाकी राजमार्गअन्तर्गत नक्साविपरीत काम भएर आफ्नो जग्गा मिचिएको भन्दै बोदेबरसाइन नगरपालिका–९ का नरेन्द्रनारायण साहुले उच्च अदालत राजविराजमा परमादेश माग्दै निवेदन दिए । अदालतले उनको पक्षमा परमादेश निषेधाज्ञा जारी ग¥यो । उच्चको आदेश लिएर उनी निर्माणस्थलमा जाँदा कुटिए । घटनाको तीन महिना यता उनी प्रहरी कार्यालयमा कुटपिट गर्नेमाथि कारबाही गरियोस् भन्दै धाइरहेका छन् । ‘प्रहरीले पञ्चायतीमाथि पञ्चायती गरिरहेको छ,’ उनले भने, ‘म कानुनी कारबाही माग्छु प्रहरीले पञ्चायती गर भन्छ ।’

    पीडितलाई पञ्चायतीका नाममा गलाउने दुष्प्रयास गर्न नहुने अधिकारकर्मीहरूको भनाइ छ । पञ्चायती समाजले सामान्य विवाद मिलाउन र गाउँले जुटेर काम गर्ने प्रयोजनका लागि हुनुपर्ने उनीहरूको धारणा छ ।

    तर, प्रहरी प्रशासन नै पञ्चायतीको पक्षमा उभिएपछि तराईमा यसको आडमा निक्कै गम्भीर प्रकृतिका अपराध लुकाउने कामसमेत हुने गरेको बताउँछन् । आजको सौर्य दैनिकमा समाचार प्रकाशित् छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

  • बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution