२०८१ आश्विन २५, शुक्रबार
१० असोज,धरान – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
सप्तरी राजविराज घर भएका ६३ वर्षिय बृद्धको उपचारको क्रममा धरान स्थित् कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
ज्वरो, खोकी तथा स्वासप्रस्वासमा कठिन समस्या आएपछी विराट मेडिकल कलेज भर्ना भएका मृतकलाई गत असोज ८ गते प्रतिष्ठान ल्याईएसंगै सोहि दिन उनको उनको सोहि दिन पिसिआर परिक्षण गरिएको थियो ।
यद्धपी उनको गएराती साँढे १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा गएराती उनको निधन भएको हो । हाल शवको व्यवस्थापन नियमानुसार भइरहेको छ ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुने कुल कोरोना संक्रमितहरुको संख्या ३४ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar