• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१७ घण्टा अघि
२

शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

१८ घण्टा अघि
३

तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

१८ घण्टा अघि
४

दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

१९ घण्टा अघि
५

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

१९ घण्टा अघि
६

डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान

२० घण्टा अघि
७

श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

२० घण्टा अघि
८

टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका

२१ घण्टा अघि
९

सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

२३ घण्टा अघि
१०

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

१ दिन अघि
११

विद्युत् प्राधिकरणको निजीकरणविरुद्ध नेकपा (बहुमत)को ज्ञापनपत्र

१ दिन अघि
१२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • लाप्चा र ललुङजोङमा चीनद्वारा सीमा अतिक्रमणः सरकारको धारणा खोइ !

    न्युज डेस्क, शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ७, बुधबार (४ साल अघि)
  • ३१७ पाठक संख्या
  • 1
    ७ असोज,काठमाण्डौ – हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी क्षेत्रमा पर्ने ललुङजोङ नेपालीभूमि हो । ललुङजोङक्षेत्र हुम्ला लिमीका बासिन्दाको बर्खा समयमा चौंरी चराउने थलोसमेत हो । त्यसो त तिब्बततिरबाट पनि चरिचरनका लागि मानिसहरु त्यहाँ आउँथे । ललुङजोङमा केहीपर नेपाल–चीनको सीमारेखा पनि थियो जहाँ ११ नम्बर सीमास्तम्भ राखिएको थियो ।
    तर विगत केही वर्षअघिदेखि लिमीका बासिन्दालाई समेत त्यहाँ जान बन्देज लगाएको छ । चीनले सोहीक्षेत्रमा सानाठूला गरी ११ वटा भवनसमेत बनाएको छ  भने ललुङजोङमा रहेको ११ नम्बरको सीमास्तम्भसमेत गायब पारेको छ, जसले गर्दा अहिले नेपाल–चीनको सीमारेखा स्पष्ट छैन । त्यस ठाउँ, नाम्खा गाउँपालिका लाप्चादेखि करिब ४ किलोमीटर पश्चिममा पर्दछ ।
    करिब–करिब ४ वर्षअघि व्यापारिक प्रयोजनका लागि भन्दै चीनले, ललुङजोङमा दुइटा घर बनायो । अहिले ललुङजोङमा चीनले थप ९ वटा वटा घर बनायको छ । नेपालीभूमिमा बनाएको एउटा सानोघरमा चिनियाँ सुरक्षाकर्मी बसेका छन् भने बाँकी घर प्रयोगमा छैनन् ।
    उता लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकैको ललुङजोङमा पनी चीनले संरचना निर्माण गरको छ । नेपालीभूमिमा चीनले लगातार भौतिक संरचना निर्माण गर्न थालेपछि गत आइतबार नेपालीटोली त्यसबारे बुझ्न भन्दै ललुङजोङतर्फ गएको थियो । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि हुम्लाका प्रमुखजिल्लाअधिकारी चीरञ्जीवी गिरि नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङक्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्नसमेत खोजेको थियो ।
    उक्त टोली गत आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट आफ्ना प्रतिनिधि आउँदै गरेको जानकारी दिँँदै पीपीई सेट लगाएर बस्न सुझाएका थिए । तर करिब डेढ घण्टा कुरेपछि चारजना चिनियाँ अधिकारी आएपनी  कोडिड महामारीको समय भन्दै कुराकानी गर्नै आनाकानी गरेको टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।
    ‘उनीहरूले कोरोनाको डर छ, यहाँ कुराकानी नगरौं, बरु बोर्डरलाइन ९सीमारेखा०मा बसौंला भनेर माइकिङ गरे,’ अध्यक्ष लामाले भने, ‘त्यसपछि हामी फर्कियौं, कुराकानी भएन ।’ लामाका अनुसार चिनियाँ अधिकारीले भवन बनाएको भूभाग चीनकै भएको बताएका थिए । चिनियाँ पक्षले भनेजस्तो उक्त भूमि चीनको नरहेको अध्यक्ष लामाले बताए ।
    ‘खासमा त्यो ठाउँ दुबैतिरको चरिचरन क्षेत्र थियो, अहिले भवन बनेपछि लिमीका मान्छे ९नेपाली०लाई त्यहाँ जान रोक लगाईएको छ,’ उनले भने, ‘हराएको पिल्लर खोजी नगर्दासम्म कुन भूभाग कताको हो भन्न सकिने अवस्था छैन ।’ यद्यपि संरचना बनेको धेरैजसो भूमि नेपालको भएको लामाले दाबी गरे ।
    चिनियाँ पक्षको जवाफपछि नेपालीटोली हिल्सातर्फ गएको छ । त्यँहा ८ नम्बरको सीमा स्तम्भ छ । हिल्सातिर गएको टोली अझै फर्केको छैन । हुम्लाका सहायक प्रजिअ दत्तराज हमालले छिटोमा बुधबार साँझसम्म टोली फर्किने बताए । उनले स्तम्भ हराएको र ललुङजोङमा चीनले घर बनाएको गुनासो आएपछि टोली त्यसतर्फ गएको बताए ।
    ‘कति स्तम्भ कहाँ–कहाँ छन् भन्नेबारे टोली फर्किएपछि थाहा हुन्छ,’ उनले भने । नेपाल–चीन सीमाअन्तर्गत हुम्लाक्षेत्रमा मात्र १२ वटा सीमास्तम्भ छन् । तीमध्ये ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपाली अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने हुम्ला जिल्लाको सीमारेखामा १० वटा मात्र स्तम्भ छन् ।
    उता हुम्लाका तत्कालीन प्रमुखजिल्लाअधिकारी कृष्णबहादुर कटुवालले पहिलोपटक ०७२ सालमा, सीमा बैठकमा उक्त स्तम्भबारे एजेन्डा राखेका थिए । उक्त बैठकमा दुबै पक्ष मिलेर स्तम्भ खोजी गर्ने निर्णय भएको थियो । तर बैठकमा मात्र कुरा उठ्ने गरेपनि बैठक सकिएपछि भने दुबै पक्षले बिर्सिने गरेको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
    ‘बैठकमा कुरा उठ्छ, खोजी गर्ने सहमति पनि हुन्छ । बैठक सकिएपछि भने दुबै पक्षले बिर्सिन्छन्, अनि पिल्लर कहाँबाट भेटियोस् ।’ वडाध्यक्ष तामाङले बताए । वडाध्यक्ष तामाङले उक्त विषयमा प्रधानमन्त्रीले उक्त विषयमा चासो दिनुपर्ने भन्दै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराए ।
    चीन भन्छ आफ्नै भूमिमा भवन बनाएका हौं 
     
    हुम्लाको लाप्चामा नेपाली भूभाग मिचेर भवन बनाएको ठाउँ आफ्नै भएको चीनले दाबी गरेको छ ।
    काठमाण्डौस्थित चिनियाँ दूतावासले मङ्गलबार राती विज्ञप्ति जारी गर्दै लाप्चामा नेपाली भूभाग मिचेर भवन बनाएको ठाउँ, नेपाली नभएको भन्दै त्यसको खण्डन गरी आफ्नै भूभागमा भवन बनाएको दाबी गरेको हो । दूतावासले जारी गरेको विज्ञप्तिमा, चीनमै भवन बनाएको र नेपालले यसबारे थप प्रमाणीकरण गर्नसक्ने बताएको छ । दूतावासले, चीनले कतै पनि सीमा नमिचेको समेत दाबी गरेको छ ।
    ‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधेँ सम्मान गर्दै आएको छ । मिडियामा उल्लेख गरिएका भवनहरु चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपालीपक्षले फेरि प्रमाणीकरण गर्न सक्नेछ । चीन–नेपालबीच सीमा विवाद छैन । दुबैपक्षले सीमामामिलामा सधैँ नजिक रहेर सूचना आदान–प्रदान गर्दै आएका छन् ।’ विज्ञप्तिमा भनिएको छ ।
    हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले भोग चलन गर्दै आएको क्षेत्रमा चीनले भवन बनाएको हो । हुम्लाका प्रमुखजिल्लाअधिकारी चीरञ्जीवी गिरि नेतृत्वको टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा नेपालको ११ नम्बरको पिल्लर हराएको र १० र १२ नम्बरको पिल्लर मात्रै भेटिएको बताएको छ ।
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    फिचर सम्बन्धि थप
  • राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

  • तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

  • दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

  • त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ


  • समाचार
  • १

    राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव
    १७ घण्टा अघि

  • २

    शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार
    १८ घण्टा अघि

  • ३

    तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा
    १८ घण्टा अघि

  • ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप
    १९ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ
    १९ घण्टा अघि

  • ६

    डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान
    २० घण्टा अघि

  • ७

    श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित
    २० घण्टा अघि

  • ८

    टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका
    २१ घण्टा अघि

  • ९

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह
    २३ घण्टा अघि

  • १०

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    २

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

    subhayug
    ३

    भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

    subhayug
    ४

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution