भीमफेदी कुलेखानी सडकखण्ड मा पहिरो : गुडिरहेको जिप पुरियो
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ७, बुधबार (२ साल अघि)
२७९ पाठक संख्या
७ असोज काठमाण्डौं – त्रिभुवन राजपथ अन्र्तगत् मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा पहिरो जाँदा गुडिरहेको एउटा जिप पुरिएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जिप आज बिहान १० बजेतिर गएको पहिरोले पुरिएको हो । इन्द्रसरोवर गाउँपालिका–२, देउरालीमा सडकमा गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा जिप पुरिएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय भिमफेदी र स्थानियवासिन्दाको सहयोगमा अहिले उद्वार कार्य भईरहेको छ ।
जिप ठूलाठूला ढुंगाहरुको बिचमा च्यापिएकोले उद्धारमा कठिनाई भएको छ । जिप चालकको अचेत अवस्थामा उद्धार गरी काठमाण्डौं पठांउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।
त्यस्तै उक्त पहिरोमा एक मोटरसाईकल समेत पुरिएको छ । मोटरसाईकलमा सवार दुई जनाको काठमाण्डौंमा उपचार भैरहेको समेत प्रहरलिे जानकारी दिएको छ ।