• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • क्यानद्वारा पहिलोपटक क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ७, बुधबार (१ साल अघि)
  • २७७ पाठक संख्या
  • can bharatpur
    ७ असोज काठमाण्डौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।
    भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।
     
    पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।
     
    यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले  जानकारी दिए । उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् । 
    पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले राससलाई जानकारी दिनुभयो । यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन् । अध्यक्ष चन्दले भन्नुभयो, “पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद शुरुआत हो ।” यसअघि पुरुष खेलाडीले सन् २०१९ मा रु ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् ।
     
    क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो । “परिस्थितिले अनुमति दिए भौतिकरूपमै उपस्थित भएर साधारणसभा गर्छौँ, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छ”, अध्यक्ष चन्दले भने ।
     
    यस्तै क्यानले आव २०७१/७२ देखि ०७५/७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । क्यान निलम्बनमा परेको बेला सो समयको लेखापरीक्षण भएको थिएन । निर्वाचित क्यान आएर आइसीसीले फुकुवा गरेपछि बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो । त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै बन्द प्रशिक्षणको वातावरण तयार पार्नका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष चन्दले बताए ।
     
    आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ । मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो । नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ । सन् २०१७ -२०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो । क्यानले उहाँलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो ।
     
    यस्तै कर्णाली प्रदेशमा क्रिकेट विकासका लागि केन्द्रीय सदस्य पदम खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । यस प्रदेशमा एउटा मात्रै जिल्ला सुर्खेतमा क्यानको शाखा रहेको छ । यस्तै केही दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको क्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भण्डारीको परिवारसँग, उनी आबद्ध नेपाल प्रहरी र दुर्घटना गराउने गाडीका धनीसँग छलफल गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
     
    क्यानले सम्झौता गरेका खेलाडीको जीवन बीमाका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ । कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गा पाठक र छुम्बी लामा सम्मिलित तीन सदस्यीय समितिले पुरुष र महिला खेलाडी, ग्राउन्ड स्टाफ, अफिस स्टाफहरुको एक वर्षको जीवन बिमा गर्नेछ । यस्तै विश्वकप क्रिकेटमा उत्कृष्ट ठहरिएका तत्कालीन कप्तान पारस खड्कालाई आइसीसीले उपलब्ध गराउने भनेको टोयोटा कारका लागि क्यानले पहल गर्ने निर्णयसमेत गरेको छ ।  
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

  • परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

  • निर्वाचनको दिन सार्वजनिक विदा

  • ‘राइट टु रिजेक्ट’ लागू गर्न माग गर्दै मुद्दा दर्ता


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution