६ असोज काठमाण्डौं – बितेको २४ घण्टामा देशभर १३५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर १३५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको गौतमले बताए ।
गौतमका अनुसार २४ घण्टामा मात्र ८२३ जना डिस्चार्ज भएका छन् । योसंगै अव निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । त्यस्तै आज सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको र स.स्थागत् आईसोलेशनमा ९ हजार १९३ रहेको गौतमले जानकारी दिए ।
उपत्यकामा मात्रै ६४७ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar