२०८१ आश्विन १, मंगलबार
५ असोज, काठमाडौं – नेपालका २७ बाणिज्य बैंकमध्ये एकदमै कमजोर अवस्थाको बाणिज्य बैंक, सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय नभएको बताएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बेवास्ता गर्दै हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार (नेप्से) ले बैंकसँग स्पष्टीकरण माग गर्दै पत्र काटेको थियो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले नेप्सेलाई जवाफ पत्र पेश गर्दै सिभिल बैंकको मर्जरमा जाने कुनै निर्णय नभएको र आफूले यस्तो अफवाह समेत नफैलाएको स्पष्टिकरण दिएका छन् ।
यसअघी सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बतांउदै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको समेत दावी गरेका छन् । -‘नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप् बैंकले मर्ज गर्नका लागि सम्भावित उपर्युक्त बैंकहरुको खोजी गर्ने क्रममा केहि बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भएपनि हालसम्म बैंकको मर्जर समिति तथा सञ्चालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको जानकारी गराउँदै सेयर मुल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको तथा उक्त प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु’ बैंकले नेप्सेलाई पेश गरेको जवाफ पत्रमा गुरुङले भनेका छन् ।
धितोपत्र सूचीकरण निवियमावली अनुसार सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कारोबार भएमा यस अघि समयमै जानकारी दिने गरेको र आगामी दिनमा पनि समयमा नै जानकारी दिने समेत सीईओ गुरुङले प्रतिवद्धता जनाएका छन् ।
गुरुङले बैंकका अधिकारीहरुले नै मर्जरमा जान लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार लेखाएको श्रोतले बताएको छ । २७ बाणिज्य बैंक मध्ये हिमालयन बैंक निजी स्तरमध्येको एक सवल बैंक हो । बिगत केहि दिन अघीदेखी निकै कमजोर अवस्थामा रहेको सिभिल बैंक हिमालयन बैंकमा जाने हल्ला चलेपछि सेयर मूल्य भने आइतबार निकै बढेको थियो ।
यता नेप्सेसंगको स्पष्टिकरणका क्रममा सिभिल बैंकले अव मर्जरमा जाने प्रारम्भिक सहमतिनै नगरेको समेत पुष्टि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar